२४ आश्विन २०८१, बिहिबार

एक करोडभन्दा बढी घुस लिएको आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ

प्रकाशित मिति :  27 December, 2023 3:43 pm


काठमाडौँ । सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्टार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् ।

उनले हाल संकटग्रस्त रहेको मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने क्रममा १ करोड ५ लाख रुपैयाँ नगद घुस लिएको आरोप छ।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वतलाई पत्राचार गरेको थियो। उनलाई पक्राउ गरी आजै पोखरा पठाएकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।

मित्रमिलन सहकारीका ७४४ जना बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीहरूविरुद्ध जाहेरी दिएका छन्। बचतकर्ताले करिब २० करोड रुपैयाँ हाराहारी रकम फिर्ता गर्नुपर्ने दावी गरेका छन्।



प्रतिक्रिया दिनुहोस !