२४ आश्विन २०८१, बिहिबार

आइएमई पे र एजुकेशन पार्क बिच विद्यार्थीलाई छुट दिने सम्झौता

प्रकाशित मिति :  27 December, 2023 6:03 pm


काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र एजुकेशन पार्क बिच आइ.ईए.ल.टि.एस र पि.टि.ईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौँको आठौं तलामा रहेको एजुकेशन पार्कमा आइ.ईए.ल.टि.एस र पि.टि.ईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् । पौष ६ गते बाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुने कम्पनीले जनाएको छ ।

आइ.ईए.ल.टि.एस र पि.टि.ईको कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बिचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरूलाई अझ सहज हुने कुरामा दुबै कम्पनीले विश्वास लिएका छन् ।

योजनाको अवधि तीन महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरूले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्ने कम्पनीले जनाएकाे छ । विद्यार्थीहरू माझ अति नै लोकप्रिय दुबै कक्षा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !