२४ आश्विन २०८१, बिहिबार

बिहीबार र शुक्रवारको मौसमः पहाडी भेगमा हल्का बादल, बाँकी स्थानमा मौसम सफा रहने

प्रकाशित मिति :  28 December, 2023 6:17 am


काठमाडौँ। आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसममा आंशिक बदली भनेको आकाशको २६ देखि ५० प्रतिशत हिस्सा बादलले छोप्नु हो। विभागका अनुसार शुक्रवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रवार राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

दैनिक रुपमा चीसो बढेको र तराइका कतिपय क्षेत्रमा हुस्सुको सम्भावना रहेकाले सतर्क रहन विभागले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !