२४ आश्विन २०८१, बिहिबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रकाशित मिति :  28 December, 2023 7:14 am


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

बैठकमा मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी रहेको छ। त्यस्तै मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन् । बैठकमा महासमिति बैठकको तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि छलफल हुनेछ।



प्रतिक्रिया दिनुहोस !