२४ आश्विन २०८१, बिहिबार

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल रिहा

प्रकाशित मिति :  28 December, 2023 10:39 am


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन् । उनी अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन् ।

भुटानी शरणार्थी मुद्दामा रिजाल सात महिनादेखि हिरासतमा रहँदै आएका थिए । उनलाई उच्च अदालत पाटनले १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

धरौटी वापत बुझाउने रकम नभएको भन्दै उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका थिए । आइतबार उनको परिवारले धरौटी रकम बुझाएपनि बीचमा २ दिन सरकारी बिदा भएकाले उनी बुधबार मात्रै रिहा भएका हुन ।

भुटानी शरणार्थी मुद्दामा प्रकाउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसी धरौटी बुझाएर रिहा भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !