२४ आश्विन २०८१, बिहिबार

उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एमालेको निर्देशन

प्रकाशित मिति :  28 December, 2023 11:59 am


काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको सदस्य निर्वाचनको लागि उम्मेदवारको नाम पठाउन प्रदेश कमिटीहरुलाई निर्देशन दिएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाउन एमालेले निर्देशन दिएको हो ।

एमाले महासचिव शंकर पोखरेलले प्रदेश कमिटीलाई पुस १० गते पत्राचार गर्दै पुस १८ गतेभित्र खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएका हुन् ।

पुस १८ गते बेलुकासम्म सबै प्रदेश कमिटीले उम्मेदवार सिफारिस गरेर पठाएमा १९ पुसबाट सिफारिस नामहरूमाथि छानबिन सुरु हुने र उम्मेदवारको टुङ्गो लाग्ने एमालेका एक नेताले बताए ।

आगामी माघ ११ गते १९ राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा अध्यक्षसहित हाल रहेका १७ मध्ये एमालेकामात्र ९ सांसदको पदावधि सकिँदै छ ।

रा



प्रतिक्रिया दिनुहोस !