२४ आश्विन २०८१, बिहिबार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

प्रकाशित मिति :  28 December, 2023 12:51 pm


काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार तोलाको एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहिबार तोलामा १३०० रुपैयाँ बढेर तोलाको एक लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २१ हजार ४०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार १४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बिहिबार तोलामा १५ रुपैयाँ बढेर तोलाको १४९० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !