२४ आश्विन २०८१, बिहिबार

राष्ट्रपतिसमक्ष जापानका राजदूतको शिष्टाचार भेट

प्रकाशित मिति :  28 December, 2023 2:40 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता यूताकाले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसमक्ष जापानका राजदूत यूताकाले शिष्टाचार भेट गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

प्रवक्ता भट्टराईका अनुसार भेटमा राष्ट्रपति पौडेलले भित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता थता स्वतन्त्रताका लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको बताए ।

साथै नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याइआएको सहयोगका लागि पनि राष्ट्रपति पौडेलले धन्यवाद व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !