२४ आश्विन २०८१, बिहिबार

यती एयरलाइन्स दुर्घटनाको अन्तिम निष्कर्ष मानवीय त्रुटि

प्रकाशित मिति :  28 December, 2023 4:01 pm


काठमाडाैँ । करिब एक वर्ष अगाडी पोखरामा भएको यति एयरलाइन्स दुर्घटनाको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको छ । अायाेगले गत वर्ष माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा मानवीय त्रुटिले विमान दुर्घटनामा परेकाे निष्कर्ष निकालेकाे छ ।

६८ जना यात्रु र चारजना चालक दलका सदस्य बोकेको यतीको उक्त विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण दुर्घटनामा परेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीलाई बुझाएको हो।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिनमा तयार पारेको उक्त प्रतिवेदनमा दुर्घटनाको कारणलाई मानवीय कमजोरी भनिएको हो।

आयोगमा हवाईविज्ञ एवम् नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराजजंग थापा सदस्य थिए। त्यस्तै आयोगको सदस्यसचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई तोकिएको थियो।

पोखराको आकाशमा पुगेपछि प्रशिक्षक पाइलट केसीले खतिवडालाई जहाज अवतरणका लागि निर्देशन दिइरहेका थिए। अन्तिम अवस्थासम्म इन्जिनमा पावर नआएपछि केसीले जहाज अवतरणको नेतृत्व लिएका थिए।

उक्त विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग बनाएको थियो।



प्रतिक्रिया दिनुहोस !