२४ आश्विन २०८१, बिहिबार

६१ वटा उद्योगहरूले पैसा तिरेका छैनन्, ९ वटा काटियो, बाँकी काट्दै जान्छौँः कुलमान घिसिङ

प्रकाशित मिति :  28 December, 2023 4:57 pm


काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगहरूको लाइन सामुहिक निर्णयबाट काटिएको दाबी गरेका छन्।

बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले सरकार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा काटेको महशुल नतिर्नेहरुको लाइन काटेको बताएका हुन्।

कार्यकारी निर्देशक घिसिङले विभिन्न समयमा मन्त्रीपरिषद्को निर्णय, संसदीय समितिको निर्देशन र अदालतको फैसला तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझाव एवं निर्देशनमा सबैको सहमतिबाट महशुल नतिर्ने उद्योगको विद्युत लाइन काटेको बताए।

उनले नेपाल विद्युत प्राधिकरणको एकल निर्णय र कार्यकारी निर्देशकको निर्देशनले मात्रै ट्रंक लाइन र डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगको लाइन नकाटिएको सपष्ट पारे। उनले यो विषय अहिले ठूलो विषय बनेको र सामुहिक विषय बनेको बताए।

कार्यकारी निर्देशक घिसिङले उद्योगहरुले रकम भुक्तानी नगरेपछि अब लाइन काट्नुको विकल्प नरहेको निस्कर्षसहित विद्युत लाइन काटिएको स्पष्ट पारे। उनले करिव ६१ वटा उद्योगीहरूको ट्रंक लाइन र डेडिकेटेड महशुल बाँकी रहेको बताए। जसाध्ये अहिलेसम्म ट्रंक लाइन र डेडिकेटेड लाइनको महशुल नतिर्नेहरू ९ वटा उद्योगको लाइन काटेको र बाँकीको क्रमशः लाइन काट्दै जाने स्पष्ट पारे।

“अदालतले भनेको छ, क्याबिनेटको बैठकले भनेको छ, विभिन्न जुन सरोकारवाला निकायहरू सबैले भनेपछि विद्युत प्राधिकरण नउठाउने निकाय को हो त? किन त ? विद्युत प्राधिकरणप्रति गम्भीर प्रश्न छ। जनताको स्तरबाट, राजनीतिक स्तरमा इभन संसदमा तपाईहरुले सुन्नुभयो होला, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्वन तत्काल गर्नुपर्छ भनेर प्रश्न उठेको छ।” उनले भने, “यति हुँदा पनि विद्युत प्राधिकरण एउटा जिम्मेवार निकाय र प्राधिकरणको कार्यकारी निर्देशक जिम्मेवार पदाधिकारी भएकाले हामीले विवादलाई कसरी सहज रूपमा समाधान गर्न सकिन्छ भनेर धेरै प्रयास गरेका छौँ। हाम्रा प्रयासहरू अब हामीले विद्युत लाइन नकाटीकन सम्भव छैन, भन्ने भएपछि अन्तिम चरणमा आएर उद्योगीहरूको विद्युतको लाइन काट्न बाध्य भएका छौँ, हामीले ९ वटा उद्योगीहरुको विद्युत लाइन काटेका छौँ। करिव ६१ वटा उद्योगीहरुको ट्रंक लाइन र डेडिकेटेड महशुल बाँकी छ।”

कार्यकारी निर्देशक घिसिङले ट्रंक लाइन र डेडिकेटेड लाइनको महशुल नतिर्नेहरुको लाइन क्रमशः काट्दै जाने चेतावनी दिए।



प्रतिक्रिया दिनुहोस !