२४ आश्विन २०८१, बिहिबार

नबिल बैंकको साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांश पारित

प्रकाशित मिति :  28 December, 2023 5:16 pm


काठमाडौं । नबिल बैंकको ३९ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ४० करोड मुनाफा गरेको थियो ।

सभामा कम्पनीका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको बताए ।

उनले विगतका वर्षहरूमा बाँडफाँट गरेको नगद लाभांशका साथै बजार पूँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा सेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्तापूँजी हालसम्म आउँदा ९६० गुणाले बृद्धि भएको बताए ।

अध्यक्ष पौड्यालले संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई केन्द्रबिन्दुमा राख्दै बैंकले आफ्नो व्यवसाय विस्तार गर्दै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत अगाडि बढाइरहेको जानकारी गराए । त्यस्तै बैंकले स्थापनाकालदेखि हालसम्म देशको राजश्वमा समेत महत्वपूर्ण योगदान दिँदै आएको जानकारी गराए ।

कम्पनीले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।



प्रतिक्रिया दिनुहोस !