२४ आश्विन २०८१, बिहिबार

घरजग्गा कारोबारमा हदबन्दीको समस्या सम्बोधनतर्फ प्रयत्नरत छु: मन्त्री श्रेष्ठ

प्रकाशित मिति :  28 December, 2023 6:26 pm


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधन गर्नेतर्फ मन्त्रालय प्रयत्नरत रहेको बताएकी छन् । बिहीबारदेखि काठमाडौँमा सुरु आठौँ घरजग्गा मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

भूमि व्यवस्था मन्त्रालयको अधिकार क्षेत्रअन्तर्गत पर्ने विषयमा आफूले निरन्तर कानुनी सुधारका कार्य गर्दै आएको उनले उल्लेख गरिन् । उनले भूउपयोग ऐन, २०७६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट जारी भूउपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी कित्ताकाटको प्रक्रियालाई सहजीकरण गरिएको बताइन् ।

रियल स्टेट क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने जग्गाको हदबन्दी हटाउने विषयलाई मन्त्रालयले राम्रोसँग बुझेको र सोहीअनुसार काम गरिरहेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले भूमिबजारसम्बन्धी कानुन निर्माणतर्फ पनि आफूहरू अघि बढिरहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !