२४ आश्विन २०८१, बिहिबार

शुक्रवार मौसम सफा रहने, कस्तो हुनेछ शनिवारको मौसम?

प्रकाशित मिति :  29 December, 2023 6:09 am


काठमाडौँ। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रवार बिहानदेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम हुस्स र कुहिरो लागेको छ ।

विभागका अनुसार आगामी २४ घण्टामा देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

शनिवार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

शनिवार कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

चिसो निरन्तर बढीरहेको तथा तराइ क्षेत्रमा हुस्सुबाट जनजीवन प्रभावित हुने भएकाले सतर्क रहन विभागले अनुरोध गरेको ।



प्रतिक्रिया दिनुहोस !