२४ आश्विन २०८१, बिहिबार

बालकुमारी आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

प्रकाशित मिति :  29 December, 2023 2:12 pm


काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागि एक जना आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।

रोजगार अनुमति प्रणाली ९इपिएस० आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारीमा युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।



प्रतिक्रिया दिनुहोस !