२४ आश्विन २०८१, बिहिबार

बालकुमारीको प्रदर्शनमा घाइते भएका अर्का एक जनाको अवस्था चिन्ताजनक, आईसीयूमा उपचार हुँदै

प्रकाशित मिति :  29 December, 2023 2:54 pm


काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका अर्का युवकको अवस्था चिन्ताजनक रहेको छ ।

प्रहरीको गोली लागेपछि घाइते भएका उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । गम्भीर घाइते भएका प्रदर्शनकारीको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

कोरिया जानका लागि ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले मन्त्रीको गाडी जलाएपछि बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शन नियन्त्रणमा लिन बालकुमारीमा प्रहरीले गोली चलाएपछि अहिले त्यँहाको अवस्था तनावग्रस्त बनेको छ ।



प्रतिक्रिया दिनुहोस !