२४ आश्विन २०८१, बिहिबार

ललितपुरमा एक दिने च्याउ मेला हुँदै, ३० वटा स्टल रहने

प्रकाशित मिति :  29 December, 2023 5:05 pm


काठमाडौँ । नेपालको च्याउ खेति प्रवद्र्धनका लागि च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा पौष १५ गते ललितपुर स्थित जावलखेल मैदानमा एक दिने च्याउ मेला तथा परिकार महोसत्व हुने भएको छ ।

“च्याउ किसानहरूको जागरुताच, व्यवसायिक उत्पादनद्धारा आत्मनिर्भरता” भन्ने नाराका साथ च्याउ मेला आयोजना गरिने भएको हो । च्याउ उत्पादन किसान संघ नेपालका अध्यक्ष सन्तोष कार्कीले मेलामा ३० वटा स्टलहरू रहने र च्याउसँग सम्बन्धी विभिन्न विषयहरूमा प्रर्दशनी हुनुका साथै च्याउनका विभिन्न परिकारहरूको उपल्बधता तथा प्रर्दशनी गर्ने बताएका छन् ।

उनका अनुसार मेलामा गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवाहरिक प्रयोगात्मक प्रर्दशनी देखि विभिन्न स्टलहरूमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको प्रर्दशनी गरिनेछ ।

च्याउ उत्पादक किसान संघ नेपालले २०७६ साल पौष ९ गतेदेखि पौष २९ गतेसम्म मेचि महाकाली राष्ट्रिय च्याउ जागरण अभियान च्याउ किसान र सरोकारवालहरूको सहभागितामा संचालन गरेको थियो । यस संघ स्थापना देखि नै च्याउलाई राष्ट्रिय दिवसको रूपमा मनाउनका लागि विभिन्न समयमा सरकारी निकायहरूसँग अनुरोध र दबाबका कार्यक्रमहरू समेत संचालन गर्दै आएको संघ अध्यक्ष कार्कीले बताए ।

संघका अध्यक्ष कार्कीले किसानले आफैँ उत्पादन गर्ने र त्यसको उचित व्यवस्थापन पनि आफैँले गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । उनले भने, “खुला बजार अर्थनीतिका कारण नेपाली किसानहरूको उत्पादन विश्व बजारका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता हाम्रा लागि चुनौतीपूर्ण रहेको छ । च्याउ क्षेत्रमा देखिएका यि चुनौतिहरूलाई अवसरमा विकास गर्नको लागि सरकारको साथ आवश्यक छ ।”

विहान १० बजेदेखि ५ बजेसम्म हुने मेला तथा प्रर्दशनी कार्यक्रमकाे उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने आयाेजकले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !