२४ आश्विन २०८१, बिहिबार

चार प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको हुन सक्ने, यस्तो छ शनिवारको मौसम

प्रकाशित मिति :  30 December, 2023 8:19 am


काठमाडौँ । शनिवार विहाद देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानमा हल्का देखि मध्यम हुस्सरकुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिवार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले प्रकाशन गरेको बुलेटिनमा उल्लेख छ।

शनिवार रातमा देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

मौसमको बदलिका कारण चिसो बढ्न सक्ने भएकाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !