२४ आश्विन २०८१, बिहिबार

बर्दियाबाट वनभोजका लागि आएको बस दाङमा दुर्घटना

प्रकाशित मिति :  31 December, 2023 10:40 am


दाङ । बर्दियाबाट वनभोजका लागि यात्रु बोकेर आएको बस दाङमा दुर्घटना भएको छ ।

आज बिहान बर्दियाबाट दंगीशरण-३ स्थित थारु संग्राहलय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया–तुलसीपुर सडक खण्डको दमारगाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस !