२४ आश्विन २०८१, बिहिबार

सुनको मूल्य घट्यो , चाँदी स्थिर

प्रकाशित मिति :  31 December, 2023 11:40 am


काठमाडौँ । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज आइतबार छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ घटेर तोलाको एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १९ हजार ९०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार गत शुक्रबार तोलाको १४५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज आइतबार स्थिर रहि सोही मूल्यमानै कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !