२४ आश्विन २०८१, बिहिबार

ग्लोबल आईएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

प्रकाशित मिति :  31 December, 2023 12:55 pm


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ मार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट घोषणा गरेको छ । साथै एक हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना समेत सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई १६ पुसदेखि १७ माघसम्म बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबार र २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा १ हजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउने भएको छ ।

वार्षिकोत्सवकै अवसर आफ्ना ग्राहकहरूलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैंकका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरूले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँ सम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको बैंकले जनाएकाे छ ।

यो क्यासब्याक योजना १७ पुसदेखि २३ पुससम्म लागू हुने छ ।



प्रतिक्रिया दिनुहोस !