२४ आश्विन २०८१, बिहिबार

यस्तो छ नयाँ वर्ष २०२४ को पहिलो दिनको मौसम

प्रकाशित मिति :  1 January, 2024 8:32 am


काठमाडौँ । आज सन् २०२४ को पहिलो दिन, नयाँ वर्ष । नेपालका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमवार राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ तथा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

चिसो र सम्भावित हिमपात बाट बच्नका लागि सचेत रहन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !