२४ आश्विन २०८१, बिहिबार

सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार मूल्य

प्रकाशित मिति :  1 January, 2024 11:39 am


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

महासंघको जानकारी अनुसार आज (सोमबार) छापावाला सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ । हिजो (आइतबार)पनि यही मूल्यमा सुनको मूल्य कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम छ । महासंघले आज तोलामा १४ सय ५५ रुपैयाँ कायम हुँदै चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ । हिजो (आइतबार) पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !