२४ आश्विन २०८१, बिहिबार

भौतिकमन्त्रीको लापरवाहीले बालकुमारीमा दुर्घटना भयोः महामन्त्री थापा

प्रकाशित मिति :  1 January, 2024 1:26 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको बताएका हुन्।

उनले लापरवाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्नेमा जोड दिए। थापाले श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए। महामन्त्री थापाले माइतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे।

महामन्त्री थापाले बालकुमारी घटनाका परिवारलाई राज्यले उचित क्षतिपूर्तिसहित उनीहरूको जीवन हेर्नेगरी अघि बढ्न सुझाव पनि दिए।



प्रतिक्रिया दिनुहोस !