२४ आश्विन २०८१, बिहिबार

‘प्रहरी संगठनभित्र सरुवा, बढुवामा पैसाको चेलखेल शुन्यमा झारियो’

प्रकाशित मिति :  1 January, 2024 2:16 pm


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएको दाबी गरेका छन् ।

सोमवार संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनलाई आफ्नो सिस्टमअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी संगठनको सरुवा, बढुवामा हुने पैसाको चलखेललाई शुन्यमा झारिएको समेत बताए । गृह मन्त्रालय वा प्रहरी संगठनका अधिकारीहरुले पैसाको चलखेल गरेर सरुवा, बढुवा गरेको सुन्न पाउने अवस्थाको आफूले अन्त्य गरेको उनको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले अवको ५० वर्षपछि छानविन गरेपनि आफ्नो कार्यकालमा प्रहरीको सरुवा, बढुवामा पैसाको चलखेल भएको नपाउने जिम्मेवारी पनि आफूले लिने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले अहिले प्रहरी संगठनले विना राजनीतिक हस्तक्षेप काम गर्ने वातावरण बनेको बताए ।



प्रतिक्रिया दिनुहोस !