२४ आश्विन २०८१, बिहिबार

संघीयताले पूर्णता नपाएका कारण प्रश्न उठिरहेको छ: मन्त्री भण्डारी

प्रकाशित मिति :  1 January, 2024 4:51 pm


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संघीयताले पूर्णता नपाएका कारण प्रश्न उठिरहेको बताएका छन् ।

सोमवार मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री भण्डारीले संघीयताले पूर्णता नपाएका कारण यसप्रति प्रश्न उठेको बताएका हुन् ।

उनले प्रदेशले अधिकार नपाउँदा प्रदेशको औचित्यतामाथि नै पनि प्रश्न उठेको बताए । “बारम्बार म सुन्छु यो संविधानको रक्षाको दायित्वको कुरा उठेको छ । रक्षा होइन । यो संविधानको सफल कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो”,उनले भने,”यो संविधानको सफलतापूर्वक कार्यान्वयन गरेको अवस्थामा अनि यो मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता र यो संविधानले लक्षित गरेका कुराहरु हामी हासिल गर्नसक्छौँ । अनि जनताको पक्षमा हामी काम गर्न सक्छौँ ।”

उनले युवाहरूकाे विदेश पलायन रोक्न नेपालमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा केही हुँदैन भन्ने भाष्यको अन्त्य गर्दै केही हुन्छ भन्ने भाष्य बनाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !