२४ आश्विन २०८१, बिहिबार

क्रसर उद्योग बन्द गराउन परेको रिटमा पुष २० गते पेशी

प्रकाशित मिति :  2 January, 2024 8:10 am


काठमाडौँ । उच्च अदालत पाटनमा सिन्धुलीको सुनकोशी गाउँपालिकाको क्रसर उद्योग बन्द गराउनको परेको रिट निवेदनमा पुष २० गतेको लागि अदालतले पेशी तोकेको छ ।

अदालतले वातावरण तथा जनताका जनस्वास्थ्यसँग सम्बन्धित देखिएकोले दुवै पक्षको प्रतिनिधित्व गराई अन्तरिम आदेश उपयुक्त हुने देखिएकाले छलफलका लागि २० गते बोलाएको हो ।

सुनकोशी गाउँपालिकामा वीपी राजमार्ग, नदी, खेतियोग्य जमिन र बस्तीका नजिक कानुनले तोकेको मापदण्ड विपरित अवैधरुपमा सञ्चलानमा रहेका क्रसर उद्योग बन्द गराउनको लागि स्थानीयले निवेदन दिएका हुन् ।

नदीको बहाव, रुप र नदीलाई स्काभेटर लगायतका मेसिनहरुको प्रयोगले सुनकोशीक नदी, पानीको स्रोत, विद्यालय, सामुदायिक वन, वीपी राजमार्ग, खेतीयोग्य जमिन, धार्मिकस्थल कुशेश्वर महादेव मन्दिर, टोपा भगवती मन्दिर र वस्ती वरपर प्रदुषण गरी कानुन विपरीत क्रसर उद्योग सञ्चालनमा रहेको भन्दै निवदेन दिएका हुन् ।

उच्च अदालत पाटनमा १२ जनालाई विपक्षी बनाई निवेदक सुनकोशी गाउँपालिका वडा नम्बर १ का कृष्ण बहादुर मोक्तान, नित्यराज कोइराला, बैकुण्ठ श्रेष्ठ र मविन कुमार मोक्तानले रिट दायर गरेका हुन् ।

रिटमा १२ जनालाई विपक्षी बनाइ रिट दायर गरिएको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका, सिन्धुली जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय सिन्धुली, जिल्ल प्रहरी कार्यालय सिन्धुली, सुनकोशी गाउँपालिका वडा नम्बर १ मा सञ्चालित सिन्धु रोडा उद्योग प्रा. लि. उद्योगका सञ्चालक महेश्वर कोइराला, वडा नम्बर १ मा रहेको एग्रोगेट स्टोन प्रा.लि. र उद्योग सञ्चालक राजभक्त प्रधान, वडा नम्बर १ मा सञ्चालित मिलन क्रसर उद्योग तथा कन्स्ट्रक्सन डेभलपर प्रा.लि., वडा नम्बर ३ मा सञ्चालित सुनकोशी सप्लायर्स प्रा. लिं. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयलाई लाई विपक्षी बनाइ मुद्दा दायर गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !