२४ आश्विन २०८१, बिहिबार

दुई संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  2 January, 2024 9:16 am


काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज दिउँसो १ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा पर्सा र कास्की समूहको स्थलगत अनुगमन भ्रमणको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

आजै दिउँसो १ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुनर्निर्माणका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) का सम्बन्धमा र डडेलधुरा मेडिकल कलेजका सम्बन्धमा पनि शिक्षा समितिमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !