२४ आश्विन २०८१, बिहिबार

सिन्धुलीमा एक जना महिला मृत अवस्थामा फेला

प्रकाशित मिति :  2 January, 2024 12:31 pm


सिन्धुली । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ। मंगलबार बिहान साढे ३ बजे कमलामाई नगरपालिका ५ स्थित आहालेमा ३८ बर्षिय साबित्री तोलांगे मृत अवस्थामा फेला परेकी हुन ।

सोमबार दिउँसो १ बजे घरबाट हिँडेकोमा साबित्री बेलुकासम्म घर नफर्केपछि उनको श्रीमान केशव तोलांगे श्रीमतिलाई खोज्न हिँडेका थिए ।

खोजीका क्रममा घरबाट झण्डै आठ सय मिटर पर गोठमा राखेको परालमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकका श्रीमानका अनुसार उनी लामो समय देखि छारे रोगको बिरामी रहेको अनुसन्धानबाट खुलेको ।

उनको शव पोष्टमर्टमको लागि सिन्धुली अस्पताल पुर्‍याइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !