२४ आश्विन २०८१, बिहिबार

रहेनन् वरिष्ठ पत्रकार पोखरेल

प्रकाशित मिति :  2 January, 2024 1:31 pm


काठमाडौँ । वरिष्ठ पत्रकार गोकुल पोखरेलको काठमाडौँमा निधन भएको छ। ८७ वर्षीय पोखरेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा हिजो (सोमबार) निधन भएको हाे । पारिवारका पोखरेल केही वर्षयता फोक्सो र मुटुको समस्याले ग्रस्त थिए।

त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पसले स्नातक तहमा पत्रकारिता पठनपाठन सुरू गर्दा पोखरेल संस्थापक अध्यापकमध्ये एक थिए ।

उनले त्रिभुवन विश्वविद्यालय पत्रकारिता शिक्षा अघि बढाउनुका साथै नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक महासचिव तथा पछि अध्यक्षकाे रूपमा पनि उनकाे याेगदान रहेकाे जनाइएकाे छ ।

नेपालको जेठो पत्रिका गोरखापत्रका पूर्व सम्पादक गोकुलप्रसाद पोखरेलले राष्ट्रिय समाचार समितिको सम्पादकको जिम्मेवारी पनि सम्हालेका थिए।

नेपाल विज्ञान लेखक संघका संस्थापक पनि रहेका पोखरेलले सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को सदस्यको रूपमा पनि काम गरेका थिए।



प्रतिक्रिया दिनुहोस !