२४ आश्विन २०८१, बिहिबार

रुसी सेनामा भर्ती भएका स्याङ्जाका हरिकाे निधन

प्रकाशित मिति :  2 January, 2024 2:26 pm


काठमाडौँ । रुसी सेनामा भर्ती भएका स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर १४ मान्खुका हरि अर्यालको मृत्यु भएको पुष्टि भएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजु कुँवरले परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको खबर आएको बताए ।

लुम्बिनी संञ्चारसँग कुरा गर्दै उनले भने,”मलाई हिजो मात्रै परराष्ट्र मन्त्रालयले फोन गरेर अर्यालको मृत्यु भएको खबर दिएकाे थियो । मृत्यु भएको खबर वडाको मेलमा समेत पठाएको छ ।”

नेपाली सेनामा काम गरेको तीन वर्षपछि जागिर छाडेर कार्तिक महिनामा मात्रा दुबईबाट रुस गएका अर्यालको मृत्यु गत २८ डिसेम्बरमा भएको अध्यक्ष कुँवरले बताए ।



प्रतिक्रिया दिनुहोस !