२४ आश्विन २०८१, बिहिबार

जनतासँग विशेष रूपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा भयो: सापकाेटा

प्रकाशित मिति :  2 January, 2024 2:37 pm


काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन्।

उनले जनतसँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरे। उनले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनःगठन गरेको बताए।

उनले कार्यकर्ताहरूमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभइ माओवादी अरू बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे।

“जनतसँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ। त्यो टोल कमिटीदेखि समिति गठन, पुनःगठन भएको छ। तिनीहरू सक्रिय भएका छन्, तिनीहरू चलायमान भएको छ। कार्यकर्ताहरूमा जागृति आएको छ। जनतामा आशा पलाएको छ। यो अभियानले चुनावको बेलामा मात्रै होइन, माओवादी अरू बेलामा पनि आउँदा रहेछन्, आए भन्ने खालको जनतामा आशाका झिल्का पैदा भएको छ। बनेका ठाउँका संगठनहरू सक्रिय थिएनन्, तिनीहरू अहिले सक्रिय भएका छन्, सुदृढ भएका छन्,” उनले भने ।

उनले अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको संख्यामा वृद्धि हुँदै जान उल्लेखनिय भुमिका खेलेको बताए।



प्रतिक्रिया दिनुहोस !