२४ आश्विन २०८१, बिहिबार

प्रधानमन्त्रीको आशय बुझ्दा मन्त्रीमण्डल पुनःगठनका लागि तयारीमा हुनुहुन्छः अग्नि सापकोटा

प्रकाशित मिति :  2 January, 2024 2:40 pm


Speaker of the House of Representatives Agni Prasad Sapkota beginning the House of Representatives meeting in Kathmandu, Nepal on Saturday, February 15, 2020. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीमण्डल पुनःगठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताएका छन्।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताएका हुन।

उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले पुनःगठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताए। उनले भने, “प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनःगठनका लागि तयारी गर्दैछु भन्ने छ। गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ। तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा रिसफल गरेर भनेपनि मन्त्रीहरुको कामलाई अघि बढाउनुपर्छ, सिंगो मन्त्री परिषद्को कामलाई प्रभावकारी बनाउनुपर्छ भन्ने छ। तर ठोस समीक्षा भएको छैन। उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ। त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुंगोमा पुग्छ।”

गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !