२४ आश्विन २०८१, बिहिबार

नगरपालिकाको जनसंख्या ६६ प्रतिशत हुँदा गाउँपालिकाकाे ३३ प्रतिशत

प्रकाशित मिति :  2 January, 2024 5:03 pm


काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा नगरपालिकाको जनसंख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज (मंगलबार) नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

नेपालको संविधान बमोजिम राज्य पुनर्संरचना भएर तीन तहको सरकार बनेपछि नेपालमा ७५३ वटा स्थानीय तह रहेका छन्। जसमा २९३ वटा नगरपालिका (महानगरपालिका र उपमहानगरपालिकासहित) र ४६० गाउँपालिका रहेका छन् ।

त्यस्तै ग्रामीण तथा शहरी क्षेत्रमा वर्गीकरणको नतिजा अनुसार जनगणना २०६८ र २०७८ को बिचमा शहरी जनसङ्ख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ पुगेको देखिन्छ। त्यसैगरी, शहरोन्मुख जनसङ्ख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको देखिन्छ।

पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

यस्तो छ प्रदेशगत विश्लेषण

प्रदेशगत हिसावले विश्लेष्ण गर्दा संघीय संरचनामा शहरी र शहरोन्मुख जनसंख्या (कूल ६६.८ प्रतिशत) को वितरण तुलनात्मक रुपमा असन्तुलित छ । यो असन्तुलन मधेश प्रदेशमा सबैभन्दा बढि परिमाणमा भेटिएको छ । मधेशमा १९.९ प्रतिशत शहरी र शहरोन्मुख जनसंख्याबीच असन्तुलन छ । यस्तै बागमतिमा यो असन्तुलन १४।६ प्रतिशत, कर्णाली प्रदेशमा १.२ प्रतिशत रहेको पाइएको छ ।

शहरी जनसंख्याको वितरणमा सबैभन्दा बढी असन्तुलन तराई क्षेत्रका स्थानीय तहमा रहेको पाइएको छ । मधेश प्रदेशमा बहुसंख्यक वडा(९७१) शहरोन्मुख विशेषकताका छन् । बढी शहरी क्षेत्र भएको दोश्रो ठूलो प्रदेश वागमती देखिन्छ । जवकी वागमतिमा पनि ग्रामीण वडाको संख्या ६७२ छ भने कुल शहरोन्मुख र शहरी वडा ४४९ वटा छन् ।

कर्णाली प्रदेशमा ६३७ वटा वडा ग्रामीण विशेषताका छन भने ७५ वडा शहरी र ६ वटा वडा शहरोन्मुख बिशेषताका छन् ।



प्रतिक्रिया दिनुहोस !