२४ आश्विन २०८१, बिहिबार

११ औं राष्ट्रिय पोल्ट्री दिवस चितवनमा सम्पन्र

प्रकाशित मिति :  2 January, 2024 5:40 pm


काठमाडौँ । ‘कुखुराको अण्डा र मासुको परिकार स्वास्थ जीवनको आधार’ भन्ने मुल नाराको साथ ११ औं राष्ट्रिय पोल्ट्री दिवस सम्पन्न भएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा विविध कार्यक्रम गरेर ११ औं पोल्ट्री दिवस मनाइएको हो ।

कार्यक्रममा प्ले कार्ड सहितको प्रभातफेरीले मञ्चको परिसरबाट हस्पिटल रोड चौबिस कोठी हुँदै नारायणगढ लायन्स चोक हुँदै भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुर नमस्ते चोकमा प्रभातफेरी बिसर्जन भएको थियो ।

प्रभातफेरीमा पोल्ट्रीका बिभिन्न व्यवसायी संघ संस्थाहरू, नेपाल भेटेरीनरी एशाेसिएशन बागती प्रदेश, रामपुर भेटेरीनरी कलेज रामपुर, नेपाल पोलिटेक्निक ईन्स्टिच्युट, बैरिया प्राबिधिक शिक्षालयका विद्यार्थीहरू व्यानर सहितको सहभागीता रहेको थियो ।

पोल्ट्री दिवसको अवसरमा नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजना र भरतपुर महानगरपालिका वडा नम्बर २ को सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो जसमा ११० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

त्यसैगरि अण्डा र कुखुराका मासुका परिकार बनाइ निशुल्क रूपमा वितरण गरिएको थियो । नेपाल कुखुरा व्यवसायी मञ्च र नेपाल भेटेरिनरी एशोसिएशन बागमती प्रदेशको सहकार्यमा विगत १ हप्ता देखि बागमती प्रदेशका सरकारी तथा निजि विद्यालयका विद्याथीहरूलाई अण्डा र कुखुराको मासुको परिकारका बारेमा चिकित्सकहरूबाट प्रशिक्षण गरि अण्डा समेत वितरण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !