२४ आश्विन २०८१, बिहिबार

रुसी सेनामा कार्यरत थप ३ जना नेपालीको मृत्यु

प्रकाशित मिति :  3 January, 2024 7:51 am


काठमाडौँ । रुसी सेनामा कार्यरत थप तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।

मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरी रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम– ५ इलामका गङ्गाराज मोक्तान र कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !