२४ आश्विन २०८१, बिहिबार

स्वास्थ्य चौकी प्रमुख सेती नदीमा मृत फेला

प्रकाशित मिति :  3 January, 2024 10:32 am


बझाङ । बझाङस्थित सेती नदीमा एक जनाको शव फेला परेको छ। जिल्लाको केदारस्युँ गाउँपालिका–१ गर्जेपानीस्थित सेती नदीमा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उक्त शव झोता स्वास्थ्य चौकीका कार्यालयका प्रमूख महेन्द्र बहादुर मल्लको भएको पुष्टि भएकाे छ ।

सोमबार रातिदेखि सम्पर्कविहीन भएका मल्लको शव सेती नदी किनारमा घोप्टो परेको अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ । मंगलबार बेलुका सेतीमा माछा मार्ने व्यक्तिले घोप्टो परेको अवस्थामा शवदेखि पछि प्रहरीलाई खबर गरेका थिए ।

उनको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मल्लको शललाई पोस्टमार्टमका लागि शव देउरा स्वास्थ्य चौकीमा राखिएको छ।



प्रतिक्रिया दिनुहोस !