२४ आश्विन २०८१, बिहिबार

गठबन्धनको बैठक आज पुनः बस्दै, राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटमा छलफल हुने

प्रकाशित मिति :  4 January, 2024 7:33 am


काठमाडौँ। सत्तारुढ दलहरुको बैठक आज पुनः बस्ने भएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको वैठक विना निश्कर्ष सकिएकाले बिहीवार पुनः बैठक बस्न भएको हो।

बिहान नौ बजे बस्ने वैठकमा राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने भएको छ।

बुधवारको बैठकमा प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालमा हुन लागेको भ्रमण र त्यसमा नेपाल सरकारले गर्ने छलफलको एजेण्डाको बारेमा बिफ्रिङ गरेका थिए।

सो बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरु सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !