२४ आश्विन २०८१, बिहिबार

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरू बिचमै सिट बाँडफाँट हुने

प्रकाशित मिति :  6 January, 2024 1:28 pm


काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबिचमै सिट बाँडफाँट हुने भएको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सुनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरूको बिचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै दलहरूबिचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए।

उनले सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए। प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरूबिच सिट बाँडफाँट हुने बताए।



प्रतिक्रिया दिनुहोस !