१२ मंसिर २०८१, बुधबार

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ८.२ अर्ब अमेरिकी डलर

प्रकाशित मिति :  6 January, 2024 4:20 pm


काठमाडौँ । पाकिस्तानको केन्द्रीय बैङ्कको विदेशी मुद्रा सञ्चिति बढेर ८.२ अर्ब अमेरिकी डलर पुगेको छ ।

स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ४६४ मिलियन अमेरिकी डलरले बढेर २९ डिसेम्बर २०२३ सम्ममा ८.२ बिलियन डलर पुगेको जनाएको हो ।

वाणिज्य बैङ्कहरूसँग रहेको खुद विदेशी सञ्चिति करिब पाँच अर्ब डलर पुगेको केन्द्रीय बैङ्कले जनाएको छ ।

एसबीपीका अनुसार दक्षिण एसियाली देशसँग रहेको कुल तरल विदेशी सञ्चिति करिब १३.२ अर्ब डलर रहेको छ ।



प्रतिक्रिया दिनुहोस !