२५ आश्विन २०८१, शुक्रबार

नेकपा एमाले गुल्मीद्वारा गुल्मी–रुपन्देही सम्पर्क मञ्चको प्रशिक्षण,पालिकास्तरीय प्रशिक्षण सकियो

प्रकाशित मिति :  7 January, 2024 10:57 am


रुपन्देही । नेकपा एमाले गुल्मीले गुल्मीमा मतदाता नामावली रहेर रुपन्देहीमा बसोवास गर्दै आएका नेता, कार्यकर्ता र शुभेच्छुकका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्ला भित्र १२ वटा पालिकामा २ दिने आवासीय प्रशिक्षण सञ्चालन गरेको नेकपा एमाले गुल्मीले गैरभौगोलिक पालिका अन्तर्गत गुल्मी–रुपन्देही सम्पर्क मञ्चका लागि दुईदिने प्रशिक्षण कार्यक्रम गरेको हो ।

गुल्मीमा मतदाता नामावली रहेका झण्डै ८ हजार नेता,कार्यकर्ता,समर्थक र शुभेच्छुकहरू रूपन्देहीमा बसोबास गर्दै आएको मञ्चको तथ्याङ्क छ ।

ठुलो सङ्ख्यामा बसोवास रहेकाले गैरभौगोलिक पालिकास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पोलिटव्युरो सदस्य एवं गुल्मी इन्चार्ज सूर्य थापाले जानकारी दिए ।

पुस २० र २१ गते बुटवलमा सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा एक सय जना भन्दा धेरै अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा दशौं राष्ट्रिय महाधिवेशनको कार्यभार र कार्यदिशा,नेपाली कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास, पार्टी सङ्गठन र व्यवस्थापन,दर्शन र दर्शनशास्त्र,प्रशिक्षण कार्यको महŒवबारे प्रशिक्षण दिइएको थियो ।

यस्तै राजनीतिक दलहरूको तुलनात्मक अध्ययन,उद्यम र उद्यमशीलता,स्थानीय तहका जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध,पार्टी निर्माण,नेतृत्व शैली र अनुशासन,जनताको बहुदलीय जनवाद, राजनीतिक अर्थशास्त्र,गुल्मी– रूपन्देही सम्पर्क मञ्चको सांगठनिक अवस्था र क्रियाशीलताबारे पनि प्रशिक्षण सञ्चालन गरिएको इन्चार्ज थापाले जानकारी दिए ।

सूर्य थापा,दिनेश पन्थी,गणेश खनाल,बालसिंह काउछा, राजेन्द्र अर्याल,जङ्ग नेपाली,फर्शु पाण्डे, धर्म विश्वकर्मा,चक्रबन्धु भुसाल,गोविन्द गौतम, केदारचन्द्र भुसाल लगायतका नेताहरूले प्रशिक्षण दिएका नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।

नेकपा एमाले गुल्मीले केन्द्रको निर्णय अनुसार गुल्मीमा मङ्सिर ११ गतेदेखि पुस २ गतेसम्म गुल्मीका १२ वटै पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।

थापाले १३ औँ प्रशिक्षण गैरभौगोलिक पालिका अन्तर्गत गुल्मी–रुपन्देही सम्पर्क मञ्चको प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिए । उनले अब जिल्ला स्तरीय प्रशिक्षण सञ्चालन गरिने बताए ।



प्रतिक्रिया दिनुहोस !