२५ आश्विन २०८१, शुक्रबार

बरहथवामा यातायात ठप्प, मृतक जयशंकरको शव घटनास्थलमै

प्रकाशित मिति :  7 January, 2024 11:02 am


काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्तले बजार र यातायात बन्द गराएका छन् ।

मृतक युवक जयशंकर साहको शव अझै पनि घटनास्थल रहेको छ । साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति, अस्पताललाई मृतकको नाम राख्नु पर्नेसहितका ८ बुँदे माग राखी उनको शव उठाउने दिएका छैनन् ।

साहका आफन्त र स्थानीयले बिहानदेखि सडकमा टायर बालेर बजार र यातायात बन्द गराएका छन् । उनीहरू बिहानैदेखि प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

शनिवार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा मृतक परिवार र प्रमुख जिल्ला अधिकारीबीच सहमति हुन नसक्दा शव घटनास्थलमै रहेको छ ।



प्रतिक्रिया दिनुहोस !