२५ आश्विन २०८१, शुक्रबार

नेपाल डेरी एसोसिएसन मधेश र सुदूर पश्चिम प्रदेशको वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति :  7 January, 2024 11:13 am


काठमाडौँ । नेपाल डेरी एसोसिएसन मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशको ५औं वार्षिक साधारणसभा एवं तेश्रो अधिवेशनले भूपेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा राम कुँवर, सचिवमा देव बहादुर चन्द, कोषाध्यक्षमा विमला देवी सिंह चयन भएका छन् ।

गणेश बहादुर विष्ट, डम्मरा दियाकोटी, डम्मर चन्द, अनिता के.सी सदस्य चयन भएका छन् भने सल्लाहकारमा दल बहादुर बोहरा छन् ।

मधेश प्रदेशको ५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले डेरी क्षेत्रमा अहिले देखिएको समस्याका विषयमा छलफल गरि समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।

नेपाल डेरी एसोसिएसनका केन्द्रीय महासचिव हेमचन्द्र खनालका अनुसार अब लुम्बिनी र कर्णाली प्रदेशको साधारण सभा गर्न बाँकी छ ।

केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालका अनुसार नेपाल डेरी एसोसिएसनको २४ औं केन्द्रीय वार्षिक साधारण सभा माघ ७ गते स्थापना दिवसको दिन काठमाडौंमा गरिने छ ।



प्रतिक्रिया दिनुहोस !