२५ आश्विन २०८१, शुक्रबार

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि उम्मेदवार टुंगो लगायो,लुम्बिनीमा झक्कु सुवेदी

प्रकाशित मिति :  7 January, 2024 2:41 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले आफ्नो भागमा परेका ६ वटै उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादीले लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा, कोशीमा चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम टुंगो लगाएको हो ।

१९ रिक्त स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीको भागमा ६ सिट परेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !