२५ आश्विन २०८१, शुक्रबार

एमालेद्वारा राष्ट्रिय सभाका लागि १९ उम्मेदवारको नाम टुंगो

प्रकाशित मिति :  7 January, 2024 4:33 pm


काठमाडौँ । नेकपा (एमाले)ले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सबै उम्मेदवारको टुंगो लगाएको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले सबै १९ जना उम्मेदवारको नाम टुंगो लगाएको महासचिव शंकर पोखरेलले जानकारी गराएका छन् ।

सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता–अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाइने भएको छ ।

कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख) उम्मेदवार हुने छन् ।

लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) उम्मेदवार बन्ने पक्का भएको छ ।

गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता–अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) उम्मेदवार बन्ने छन् ।

बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता–अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) को नाम छनौट भएको छ ।

एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) को नाम छनौट गरेको छ भने मधेस प्रदेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) को नाम टुंगो लगाएको छ ।



प्रतिक्रिया दिनुहोस !