२५ आश्विन २०८१, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै, यस्तो छ निर्वाचन तालिका

प्रकाशित मिति :  8 January, 2024 8:39 am


काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ। पायक पर्ने प्रदेश निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारीउपर दाबीविरोध र उजुरी को कार्यतालिका छ। २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ ।

पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ। उम्मेदवारले निर्वाचन चिह्न पुस २८ पाउने छन्।

निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ । सम्बन्धित मतदान केन्द्रमा माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यतालिका छ।

राष्ट्रिय सभामा रिक्त हुँदै गरेको २० सिटमध्ये १९ सिटका मतदान हुँदैछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ। निर्वाचत आयोगले आइतवार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुने प्रावधान छ। निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !