२५ आश्विन २०८१, शुक्रबार

बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकरको आज अन्तेष्टि हुँदै

प्रकाशित मिति :  8 January, 2024 11:17 am


फाेटाे : सामाजिक संजाल

काठमाडौँ । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवक जयशंकर साहको आज ४ दिनपछि अन्तेष्टि गरिदैँछ । सोमबार बिहान ९ बजेदेखि उनको अन्तिम संस्कारको लागि शवयात्रा सुरु भएको छ । उनको शवयात्रामा सयौं स्थानिय उपस्थित भएका छन् ।

आइतबार राति स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएपछि आफन्त र आन्दोलनरत पक्षले साहको शव घटनास्थलबाट उठाएका थिए। उनको शव आइतबार रातिनै मलंगवास्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि परिवारले बुझेका थिए ।

शुक्रबार बरहथवा अस्पतालको स्तरोन्नतिको माग गर्दै प्रादेशिक अस्पताल बनाउनुपर्ने माग राखि स्थानियले गरेको आन्दोलनकाक्रम प्रहरीले चलाएको गोली लागेर स्थानिय ३० बर्षिय जयशंकर शाहको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !