२५ आश्विन २०८१, शुक्रबार

नेप्से २० अंकले बढ्दा कारोबार ६ अर्ब नाघ्यो

प्रकाशित मिति :  9 January, 2024 3:40 pm


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से पसिूचक २०.६२ अंकले बढेर २०८०.१२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आजको दिन कारोबार रकमका आधारमा सोनापूर मिनरल्स एण्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।

मंगलबार नेप्सेमा ८ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३०९ कम्पनीको १ करोड ७९लाख ४९ हजार ५ सय ६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !