२५ आश्विन २०८१, शुक्रबार

नीति स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएन: सचिव सिंह

प्रकाशित मिति :  9 January, 2024 4:00 pm


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सङ्घीय निजामती ऐन नआउँदा कर्मचारीहरू उत्साहित भएर काम गर्न नसकेको बताएका छन् । मङ्गलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताएका हुन् ।

सचिव सिंहले निजामती कर्मचारी सरुवालाई व्यवस्थित बनाउन मन्त्रालय पूर्णरूपमा सफल हुन नसकेको बताए। उनले निजामती सेवा ऐनमा दुई वर्षमा मात्रै सरुवा गर्ने भन्ने नियम रहेको भए पनि विभिन्न कारणले तोकिएको समयसीमा भन्दा चाँडै सरुवा हुने गरेको जानकारी दिए । उले नीति र कानुन स्पष्ट नहुँदा कर्मचारी सरुवालाई व्यवस्थित बनाउन नसकेको बताए ।

‘‘दुई वर्षमा सरुवा गर्ने भन्नेकुरा निजामती सेवा ऐनमा भएको विषय हो । नियमावलीमा नै छ । असार १६ को परिषद्को बैठकले पनि पोखरा बैठकले पनि त्यही नै निर्देशन गरेको थियो । तर एक वर्षपनि नटिक्ने स्थिति देखियो । हामीले काम काज गर्न खटाउने, तोक्ने भनेका कारणले कमसेकम एक वर्षसम्म छुँदै नछोऔँ भन्ने आयो । दुई वर्ष भए राम्रो तर एक वर्ष भएपनि कुनै कारणले नहटाउने । यसको निर्णय कतै भएको छैन । पहिला तीन महिनामा, ६ महिनामा हटाउने त्यसलाई रोक्न मात्रै सक्यो भने पनि कमसेकम एउटा मात्रै कार्यकाल, एउटा आर्थिक वर्षसम्म कर्मचारी बस्यो भने राम्रो हुन्थ्यो,” उनले भने ।

सचिव सिंहले निजामती सेवा ऐन नबन्दा पुरानै ऐनलाई मिलाएर चल्नुपर्ने बाध्यता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !