२५ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई वामदेवको प्रश्न: विद्युत् विदेशमा बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ

प्रकाशित मिति :  9 January, 2024 4:29 pm


काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत् नेपालमै खपत गर्नुपर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भएको विद्युत् अरू देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न समेत गरे । उनले हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्ने बताए ।

गौतमले हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत् उत्पादन गरी बिक्री गर्नुपर्ने बताए । उनले विद्युत् बिक्री गरिएका सम्झौतहरु खारेज गरेर नेपालमै हरित अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !