२५ आश्विन २०८१, शुक्रबार

डा. विशद दाहालमाथिको निलम्बन फिर्ता गर्न शिक्षामन्त्रीको निर्देशन

प्रकाशित मिति :  9 January, 2024 5:06 pm


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौँ मेडिकल कलेजले आवासिय चिकित्सक डा. विशद दाहालमाथि गरेको निलम्वन तत्काल फिर्ता गर्न निर्देशन दिएका छन् ।

मन्त्री राईले आवासीय चिकित्सक डा. विशद दाहालमाथि काठमाडौँ मेडिकल कलेजले गरेको निलम्बन तत्काल फिर्ता गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका हुन् ।

मन्त्री राईले काठमाडौँ विश्वविद्यालयको सहकुलपतिको हैसियतमा डा. दाहालमाथिको निलम्वन फिर्ता गर्न विश्वविद्यालयलाई निर्देशन दिए ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलबार मन्त्री राईले काठमाडौं विश्वविद्यालय ऐन २०४८ को दफा १३(क) उपदफा(३) बमोजिम निर्देशन विश्वविद्यालयलाई निर्देशन दिएको जानकारी दिए ।

मन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीहरूलाई स्वास्थ्य शिविरमा पठाउन पनि निर्देशन दिएको बताए ।

उनले काठमाडौँ विश्वविद्यालयबाट हुने निर्देशनलाई पालना गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै काठमाडौँ मेडिकल कलेजलाई बोधार्थ समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !